विमान दुर्घटना, २७ को मृत्यु, १६ जना घाइते
एजेन्सी, ४ पुस । रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ ।
३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुले जनाएका छन् ।
खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...