दुईवटा बस आपसमा ठोकियो, ७ घाइते


धादिङ, ४ पुस। 
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट गाविस–८ विशालटारटार दुईवटा बस आपसमा ठोकिएको छ | बस ठोक्किँदा ७ जना घाइते भएका छन् ।


काठमाडौंबाट राजविराज जाँदै गरेको ना ५ ख ६१० नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७९३८ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...