मोटरसाइकल दुर्घटनामा गिरीको ज्यान गयो


  • बर्दिया,२५  मंसीर ।

बर्दियाको बबई नगरपालिका सैनवार चेकपोष्ट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनवार चेकपोष्ट नजिक भे ३ प ९१६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुर्खेत बिरेन्द्रनगर–३ कालागाउँका ४३ वर्षका राजेन्द्र कुमार गिरीको ज्यान गएको हो ।

आफन्तको विवाहमा सहभागी हुन बर्दियाको भुरिगाउँ आउँदै गरेको गिरी दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । उहाँको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा राति ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...