ट्रयाक्टर दुर्घटनामा परियारको ज्यान गयाे


  • सल्यान, ३ पुस ।

ट्रयाक्टर दुर्घटना हुदाँ यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।

राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो ।

शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रयाक्टर दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्र्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...