माओवादीको बन्दका कारण काठमाडौं ठप्प, क्रान्तिकारीका उपत्यका संयोजक विश्वकर्मासहित ५ गिरफ्तार


  • इमान्दार मिडिया संवाददाता ।
  • काठमाडाैं, ७ पुस ।


नेकपा (माओवादी) निकट युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि विरुद्ध आज उपत्यका बन्दको आव्हान गरेको छ ।

बन्दले विहानैबाट जनजीवन प्रभावित बनेको छ । यातायात, विहानी सेवाकाे शैक्षीक संस्था ठप्प रहेका अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सुनिता बमले इमान्दार मिडियालाई जानकारी दिएकी छिन् .

बन्दका क्रममा रत्नपार्कबाट अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्मासहित ५ जनालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । नेता विश्वकर्माका अनुसार अखिल क्रान्तिकारीका केन्द्रिय सचिव रामबहादुर विक, क्रान्तिकारीकै प्रज्वल शाही,केशव संजेल,कृष्न सेवालार्इ पनि प्रहरीले गिरफतार गरेकाे छ ।

पक्राउ परेका सबै जनालाई दरबारमार्ग स्थित महानगरिय प्रहरी बृतमा राखिएको छ ।  

बन्द साँझ ५ बजेसम्म कायम रहने बताउदै अखिल (क्रान्तिकारी) का महासचिव दीपेन्द्र चलाउनेले पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् । बन्दको पूर्वसन्ध्यामा हिजो एक घण्टा चक्काजाम समेत गरिएको थियो ।

नेपाल आयल निगमले सोमबारदेखी लागु हुनुे गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा सोमबारदेखी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ ।






, ,

प्रतिकृया दिनुहोस्

Loading...