घुस रकमसहित पक्राउ परे नापीका १ कर्मचारी



काठमाडौँ २१ मंसिर ।

नापी शाखा कार्यालय बाराका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी शाखा कार्यालय बाराका सर्वेक्षक राधेश्याम साहलाई मंगलबार दिउँसो कार्यालयबाटै घुससहित पक्रेको हो । 

आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट प्रहरी टोलीले नापी शाखा कार्यालय बाराका एक सर्वेक्षक लाई सेवाग्राहीसँग घुस बापत लिएको पाँच हजार रुपैयाँसहित पक्रेको वताइएको छ । 

सर्वेक्षक जग्गाको नक्सांकनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...