पुष्पा बस्नेतले जितिन ‘सीएनएन सुपर हिरो’ को उपाधि



  • काठमाडौँ २७ मंसिर ।

कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् ।

सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।

सोमबार बिहान भएको कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषित गरियो । सन् २०१२ मा उनले सीएनएन हिरोको उपाधि जितेकी थिइन् ।

उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...