एएफसी सोलिडारिटी कप बिजेता खेलाडीहरुले जनही ३ लाख पाउदै

]
  • काठमाडौं, २४ मंसिर ।

अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी सोलिडारिटी कपको विजेता नेपाली राष्ट्रिय टोलीलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।

बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएकोबारे छानबीन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सन्जिव मिश्र सम्मिलित समिति गठन गरेको छ । त्यस्तै बैठकले उपाध्यक्ष मणी कुवँरलाई संघको वरिष्ठ उपाध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्कालाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

ए डिभिजन लिग आयोजना गर्नेबारे पनि छलफल गरेको बैठकले त्यसको तयारीका लागि इन्द्रमान तुलाधर, सन्जिव मिश्र, रत्नकुमार श्रेष्ठ र गोकुल थापाको सदस्यतामा समिति पनि बनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...