बसले च्याप्दा वृद्धको ज्यान गयो


  • भीमदत्तनगर, ६ पुस । 

बसले किचेर आज बिहानै कञ्चनपुरको भीमदत्तनगरमा एक वृद्धको मृत्यु भएको छ । 

घरबाट बसपार्कतर्फ आइरहेको ना ३ ख ७६९४ नम्बरको बसले चम्मन चोकमा किचेर बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकको प्रहरीले खोजीकार्य थालेको छ । प्रहरीले घटनास्थल पुगेर दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...