नेतृत्वविहीन बन्दै बुटवल आन्दोलन, पुष्पलाल पार्कसहित स्तम्भमा तोडफोड
- शिव डुम्रे, बुटवल १६ मङ्सिर ।
यतिवेला बुटवलको दृश्य बडो अनौठो देखिन्छ । १९ दिने जनआन्दोलनको बेलामा जस्तै प्रहरीहरु बाटोभरी तयारी अवस्थामा लाठीँ सहित देखिन्छन् भने सर्वसाधारणहरु घाम पानी नभनी बाटोमा चिच्याईरहेका छन् ।
त्यस्तो कुनै चोक र गल्ली छैन जहाँ टायर नबोलेको होस् । बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत प्रहरी लाचार बनेर बसिरह्यो ।
पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरुलाई उक्साएर तोडफोडको लागि लगियो ।
बार सबै भाचिए, सिमेन्ट र फलामका फिल्लरहरु उखालिए तर यत्तिमा शान्त भएन आन्दोलनकारीले स्तम्भमा रहेको हँशिया हथाैंडा अंकित झण्डा नफालेसम्म नछाड्ने भन्दै उग्र हुन थालेपछि प्रहरीले लाठीँचार्ज गर्यो ।
उताबाट ढुंगा फाल्ने र प्रहरीहरु दुई पाईला अगाडि बढ्ने अनौठो दृश्य यतिबेला बुटवलको पुष्पलाल पार्कमा देखियो ।
शुरुमा एमाले निकट अनेरास्ववियूले नेतृत्व गरेको भनिएको आन्दोलनबाट विद्यार्थी नेता एकाएक गायव भएपछि उग्र बनेका केही अराजक झुण्डले प्रहरीलाई नै ढुंगामुडा गर्न लाग्यो ।
नेतृत्व हराएपछि झनै उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच जुहारी चल्यो । आन्दोलन यसरी अराजक बनिरहेको छ ।
गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, खैरेनी लगायतका क्षेत्रमा अत्याधिक जनसागर उर्लेको छ ।
नारा जुलुससहित पुरै बुटवल नगर परिक्रममा गर्दै बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हालेका छन्् ।
विहानै ३ बटा सवारीमाथि आगजनी भएका छन् । विवाहको गाडीमा समेत तोडफोड भएको छ । बन्द शुक्रबार ३ बजेसम्मको लागि भने खुकुलो हुने संकेत देखिएको छ ।
शुक्रबार नै बुटवलको चौराहामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, जनमोर्चाका नेता एवंम अन्य दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...