एमाले युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या

- बुटवल ४ पुस ।
एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको छ। सोमबार दिउँसो करिब साढे तीन बजे रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी तिवारीलाई गम्भीर घाइते बनाएका थिए।
घाइते तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको मरासिनीले जानकारी दिए। उनका अनुसार गोली हान्ने समूहको पहिचान भएको छैन। गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ।
यता युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले तिवारीको गोली हानी हत्या भएको पुष्टि गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...