सिजी ग्रुपका सबै कम्पनीमा विप्लव माओवादीद्वारा घेराउ

- काठमाडौं ३ पुस ।
अर्बपतिको सूचिमा परेका विनोद चौधरीको स्वामित्वमा रहेका काठमाडौं, ललितपुर तथा उपत्यका बाहिर नवलपरासीमा रहेका सिजी ग्रुप अन्तर्गतका सबै कम्पनीहरुमा विप्लव माओवादी निकट संचार प्राविधिकहरुले घेराउ गरिहेका छन् ।
विगत १० महिनादेखि व्यवस्थापनले बिना जानकारी कम्पनी सञ्चालन नगरी कर्मचारीलाई पनि तलव नदिई अन्यौलको स्थिति पैदा भएपछि कर्मचारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
घेराउ कार्यक्रम अन्तर्गत आइतवार सानेपास्थित चौधरी ग्रुपको मुख्यालय, सतुंगलस्थित चौधरी इलेक्ट्रोनिकको कार्यालय २-२ घण्टा घेराउ गरेका छन् । त्यस्तै वलपरासीस्थित सिजीकै वियर, जुस कम्पनीमा पनि आजै डेलिकेशन गरी तत्काल कर्मचारीका माग पुरा गर्न अल्टिमेटम दिएका छन् ।
सञ्चार प्राविधिकहरुको आन्दोलनको नेतृत्व गरिरहेका क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्यूरो समन्वय समिति संयोजक जन्मदेव जैसीका अनुसार विगत १३ वर्षदेखि सिजी कम्युनिकेशनका ६२ प्राविधिकहरुलाई कामबाट बेदखल गरेकाले कम्पनी सूचारु गरी वर्षदिनदेखि रोकिएको तलव उपलब्ध गराउन गत मंसीर २७ गतेदेखि आन्दोलन भइरहेको छ ।
नेपाल दुरसंचार प्राधिकरणबाट लाइसेन्स पाउने निश्चित भइसकेकाले तत्काल काम सूचारु गरी कर्मचारीहरुले उठाएका माग सम्बोधन नभए चौधरी ग्रुप अन्तर्गतका सबै कम्पनीहरु आन्दोलनको निशानामा पर्ने संयोजक जैसीले बताए । गत सोमबारदेखि जारी आन्दोलनमा कर्मचारीहरु धर्ना र रिले अनसन सँगसँगै गरिरहेका छन् ।
कम्पनी चालु नगर्नको कारण माग्दै कर्मचारीहरुले कम्पनीको बाध्यता के हो ? संकट नै परेको हो भने कर्मचारीहरु समाधानका लागि पहल गर्न तयार रहेको पटक पटक बताउँदै आएका छन् ।
पछिल्लो समयमा भएका अनौपचारिक छलफलमा व्यवस्थापकले स्पष्ट जवाफ नदिने कम्पनी विक्री भइसकेको भनेर पाँच दर्जनभन्दा बढि कर्मचारीलाई घर न घाटको अवस्थामा पुगेका छन् ।
अन्तिम बिकल्पका रुपमा आन्दोलनलाई लिँदै कर्मचारीहरुले सानेपास्थित सिजी ग्रुपको मुल गेटमा लगातार धर्ना र अवरोधका कार्यक्रम गर्दै आएका छन् ।
जैसीका अनुसार कर्मचारीको बाध्यता र समस्याप्रति बेवास्ता गर्दै सरकार र प्रशासन भने उल्टै चौधरी गु्रपको रक्षा मात्र गर्ने कर्मचारीको समस्याप्रति भने बेखवर जस्तो हुने रवैयाले कर्मचारीहरु थप आक्रोशित छन् ।
सहज रुपमा समस्याका लागि भन्दै कर्मचारीले पटक पटक आन्दोलन स्थगन गरेर वार्ता छलफलमा आफै अग्रसर भएपनि व्यवस्थापन पक्ष भने बार्ताको नाटकमा कर्मचारीलाई जर्बजस्ती निष्काशन गर्ने योजनामा लागेपछि पछिल्लोपटक पुन आन्दोलनमा उत्रिएका हुन् ।
०७२ भदौ ६ गते पेश गरेका १३ बुँदे माग सम्बोधनका लागि अबिलम्ब वार्ता अाह्वान गरी समस्या हल गर्नुपर्ने, विगत १० महिनादेखिको पाउनुपर्ने तलव, भत्ता सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त उपलब्ध गर्नुपर्ने, कम्पनी विक्री भइसकेको भनी कर्मचारीलाई अलपत्र पार्ने र जसरी पनि अबकाश लिनुपर्ने भनि दिइने दवाव बन्द गरिनुपर्ने, कम्पनीलाई तत्काल सुचारु गरी वार्तामार्फत हाम्रा जायज मागहरुको छिटोभन्दा छिटो सम्बोधन गरेर सबै कर्मचारीलाई अभिलम्ब काममा खटाइनुपर्ने र माग राखेकै कारण जबर्जस्त निष्काशन गरिएका सु्रेश डंगोल र लिला रानामगरलाई तत्काल पुनःबहाली गनुपर्ने कर्मचारीले माग गरका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...