डा. केसीले सरकारलाई दिए चेतावनी, सम्झौता उल्लंघन नगर्न आग्रह
- काठमाडौं ,२२ मंसिर।
डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता उल्लंघन नगर्न सरकारलाई चेतावनी दिएका छन् । वी एण्ड सी मेडिकल कलेजलार्इ सम्वन्धन दिन लागेको समाचारहरू आएपछि डा. केसीले विरोध जनाएका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले यस्तो जालझेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शिक्षामन्त्री धनिराम पौडेल खूलेर लाग्नु आपत्तिजनक कुरा रहेको टिप्पणी गरेका छन्।
डा. केसीले यसलार्इ रोक्न आआफ्नो ठाउँबाट जुट्न म आव्हान गरेका छन् । साथै केयूका उपकुलपति छान्ने सर्च कमिटीमा रहेका दमननाथ ढुंगाना र सुरेशराज शर्मालाई स्वविवेकले योग्य र स्वच्छ व्यक्तिको छनोट गर्न वा तत्काल राजीनामा दिन अनुरोध गरेका छन् ।
‘उहाँहरुको उचाइको व्यक्तिले एउटा मेडिकल कलेजको सम्बन्धनसित सौदावाजी गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीले जबर्जस्ती बनाउन खोजेको व्यक्तिको नाम सदर गर्नुहुनेछैन भन्ने मलाई विश्वास भएका कारण मैले यस्तो अनुरोध गर्नुपरेको हो, उनले भनेका छन् ।
आफूसँग भएको सम्झौताको प्रतिकुल हुने गरी नेपाल मेडिकल काउन्सिलले कुनै निर्णय नगर्ने र गरिसकेको भए तत्काल रद्ध गर्ने विश्वास व्यक्त गरे . ‘यदि यत्रो चेतावनी दिँदादिँदै पनि सम्झौताको प्रतिकुल हुने गरी कुनै पनि काम अघि बढेको खण्डमा त्यसको कडाभन्दा कडा प्रतिकार गर्न तयार रहेको पनि सबै पक्षलाई जानकारी गराउँछु, डा. केसीले विज्ञप्तिमार्फत भनेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...