शिकारी कुकुरलाई कंगारुले आफ्नो कब्जामा लिएपछि (भिडियोसहित)


  • एजेन्सी ३४ मंसिर ।

अष्ट्रेलियाको एक जंगलमा कंगारुले कुकुरलाई दुई हातले पक्रेर कब्जामा राखेको भिडियो यूट्युबमा भाइरल भएको छ । भिडियो डिसेम्बर ४ मा यूट्युबमा राखिएको थियो । भिडियोमा आफ्नो कुकुरलाई कंगारुबाट छुटाउन कुकुर धनीले निकै प्रयास गरेका छन् ।

यो भिडियो यूट्युबमा राखेको ६ दिनमै साढे दुईकरोड भन्दा बढी मानिसले हेरिसकेका छन् । अष्ट्रेलियाको न्यू साउथवेल्स जंगलमा शिकार खेल्न एक व्यक्तिले आफ्नो कुकुर लिएर गएका थिए । 

शिकारीका अनुसार उनले लगभग एकसय किलो वजनको सुअर प्रजातिको जंगली जनावार पक्रन लागेका थिए । जसका लागि उनले कुकुरको सहयोग लिए । त्यसैबेला कुकुर कंगारुको भिडमा गयो । र कंगारुले शिकारीको कुकुरलाई समात्यो ।

भिडियोमा देख्न सकिन्छ कंगारुले कुकुरलाई दुई हातले दह्रो गरी समातेर राखेको हुन्छ । कुकुरले कंगारुको पञ्जाबाट छुटकारा पाउन धेरै कोशिस गरे पनि सक्दैन । कुकुर छुटाउन गएका व्यक्तिले कंगारुलाई गालामा चड्कन हानेपछि कंगारुले कुकुर छोड्छ र त्यहीबेला कुकुर भाग्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...