पृथ्वीको कक्षमा रहेको फोहोस हटाउन कार्गो जहाज प्रक्षेपण

एजेन्सी, २५ मंसिर ।
जापानले पृथ्वीको कक्षमा रहेको फोहोस हटाउनका लागि विशेष तारसहितको कार्गो जहाज प्रक्षेपण गरेको छ । जापानले सात सय मिटर लामो चुम्बकीय तारसहितको कार्गो जहाज प्रक्षेपण गरेको हो ।
आल्मिुनियम र स्टिलबाट बनेको तारले पृथ्वीको कक्षमा रहेको फोहोर कम गर्न मद्दत गर्ने छ । यो तारले पृथ्वीको कक्षमा रहेको फोहोर कक्ष भन्दा बाहिर तान्ने वैज्ञानिकले बताएका छन् ।
यो उपकरण माछा मार्ने जाली बनाउने कम्पनीसँगको सहकार्यमा बनाइएको हो । पृथ्वीको कक्षमा १० करोड भन्दा धेरै वटा फोहोर सामग्री रहेको अनुमान गरिएको छ ।
यस्ता फोहोरमा पुरोनो स्याटेलाइटका उपकरण तथा रकेटका बिट्स छन् । यस्तो फोहोर पृथ्वीको कक्षमा २८ हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेका छन् । यसले गर्दा विश्वको टेलिकम्युनिकेसन सञ्जालमा गम्भीर दुर्घटनाको खतरा रहेको वैज्ञानिकको भनाई छ ।
पृथ्वीको कक्षमा ५० वर्ष अघिदेखिका फोहोर छन् । स्याटेलाइट तथा एन्टी स्याटेलाइट हतियारको परीक्षणका कारण समस्या थप जटिल बनेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...