टर्की आक्रमण घृणित अपराध - राष्ट्र सङ्घ र विश्व


  • बेइजिङ, २७ मंसिर । 

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र विश्वले नै टर्कीको इस्ताबुलमा भएको आतङ्ककारी आक्रमणको निन्दा गरेको छ । यस आक्रमणमा कम्तीमा ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५५ जना घाइते भएका छन् । 

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले आइतबार मानवताविरुद्ध भएको यस घृणित अपराधको कडा शब्दमा निन्दा गरिएको प्रकाशित प्रेश विज्ञप्तिमा जनाइएको छ ।

यस आतङ्ककारी आक्रमणले पुनः एकपटक अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर चुनौती दिएको सुरक्षा परिपद्ले बताएको छ ।

मध्य इस्ताबुलमा शनिबार अबेर राति फुटबल स्टेडियम बाहिर एक कार बम र अर्को आत्मघाती आक्रमण भएको थियो ।फुटबल खेल सकिएको करिब डेढ घन्टापछि भएको कारबम आक्रमणमा कम्तीमा ३० प्रहरी अधिकारीले ज्यान गुमाएका थिए ।

टर्कीका सुरक्षाबल लक्षित बारम्बार भएका यस्ता आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पनि कडा शब्दका निन्दा गरेका छन् ।

त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...