नेप्सेले एक सातामा ५६ अंक गुमायो

  • काठमाडौं, २४ मंसिर ।

गत साताको विहीवारको तुलनामा नेप्सेले यस विहीवारसम्ममा ५६ अंक गुमाएको छ । गत साताको विहीवार १६ सय बिन्दुमा रहेको नेप्से परिसुचक यस साताको विहीवार १५ सय ४४ बिन्दुमा आइपुगेको छ । नेप्से अहिले आइपुगेको १५ सय ४४ को स्थानमा गत सोमवार पनि रहेको थियो ।

त्यसपछि थोरै बढेको नेप्सेले यो विन्दुमा सामान्य टेवा पाउने देखिन्छ । यसोभएमा नेप्सेको रेखाचित्रले ‘डब्लु’ आकृति निर्माण गर्नेछ । ‘डब्लु’ आकृती बनेमा बजार केही समय बढ्ने छ । १ हजार ६ सय बिनदु नेप्सेको लागि ब्रेक इभन बिन्दु बन्ने छ । यो रेखा काँटे मात्र बजार थप बढ्ने निश्चित हुने छ ।

बजारमा अल्पकालिन लगानीकर्ताहरु (ट्रेडर्स) हरु सक्रिय भइरहेकोले बजार केही अस्थिर पनि देखिएको छ । गत साताको आइतवार १४ सय ६९ बाट उकालो लागेर १६ सय बिन्दु पुगेको नेप्से अहिले केही घटबढ सहित पुनः १५ सय ४४ को विन्दुमा आइपुगेको हो ।

गत साताको तुलनामा यस साता सबैभन्दा धेरै घट्ने सुचकमा बीमा समुह रहेको छ । यो समुहमा ३ सय ३७ बिन्दुले गिरावट आएको थियो । गत साताको विहीवार बीमा समुहको सुचक ७ हजार ७ सय २ रहेकोमा यस साता ७ हजार ३ सय ६५ मा आइपुगेको छ । त्यस्तै, बीमापछि बिकास बैंक, जलविद्युत् , होटेल समुहको परिसुचक उच्च अंकले घटेका छन् ।

यस साता नेप्सेमा १ सय ५४ कम्पनीहरुको तीन अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता बजार २ सय अंक उकालो लाग्ने क्रममा रहेकोले कारोबार रकममा पनि वृद्धि भएको थियो । तर यस साता भने कारोबार रकममा गत साताको तुलनामा ४३ प्रतिशतले कमि आएको छ । गत साता पाँच अर्ब ८३ करोड रुपैयाँको सेयर खरिद बिक्री भएका थिए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...