११ दिनदेखिको गुल्मीको जनजीव ठप्प, लाठी जुलुश प्रर्दशन नगर्न सुरक्षा निकायको आग्रह


  • गुल्मी, २५ मंसिर ।

सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नम्बर पाँचवाट गुल्मीसहितका पहाडी जिल्लालाई टुक्राउन लागेको विरोधमा ११ दिनदेखिको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

लामो समयसम्मको बन्दका कारण जिल्ला बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न पनि समस्या भएको छ । बन्दका कारण बजार, उद्योग तथा कलकारखाना लगायत यातायात सेवासमेत ठप्प छन् ।

संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले दिनहुँ जिल्ला सदरमुकाम तम्घासमा फरक फरक प्रकृतिका प्रर्दशन गर्दै आएको छ । ग्रामीण क्षेत्रका मुख्य व्यापारिक केन्द्रमा पनि प्रर्दशन भइरहेका छन् ।

विरोध कार्यक्रम अन्तर्गत शनिबार सदरमुकाम तम्घासमा संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले लाठी जुलुश प्रर्दशन गर्ने तयारी गरेको छ । तर सुरक्षा निकायले भने लाठी जुलुश प्रर्दशन नगर्न संयुक्त संघर्ष समितिलाई आग्रह गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...