बौद्ध नयाँबस्तीस्थित प्रहरी चौकीमा स्थानीयको आक्रमण

- इमान्दार मिडिया संवाददाता ।
- काठमाडाैं, २६ मंसिर ।
काठमाडौं बौद्धको जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् ।
उनीहरुले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् ।
शनिबार नयाँबस्तीकै एक रेष्टुरेन्टमा ट्याक्सी चालक राजकुमार लामाको दुई पक्षीय झडपको क्रममा मृत्यु भएको र घटनाको दोषीलाई पक्राउ गर्न प्रहरी गम्भीर नभएको भन्दै मृतकका आफन्तले बिट तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रबुन्न कार्कीले चौकी तोडफोड भएको पुष्टि गर्दै बीट भित्र रहेको दुई मोटरसाइकल समेत जलाइएको जानकारी दिए ।
इमान्दार मिडियासँगको टेलीफोन वार्ताका क्रममा उहाले बिट तोडफोड गर्ने १२ जना स्थानीयलाई नियन्त्रण लिएको समेत बताए ।
दोलखा घर भइ काठमाडौंमै बा २ च २२३ नम्बरको ट्याक्सी चलाउदै आएका २६ बर्षिय लामा अर्का ट्याक्सी चालकसँगको आपसी झगडाका क्रममा घाइते भएपछि उनलाई कुटपिट गर्ने पक्षले नै असपताल पुर्याएको थियो । घाइते लामाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले छानबिन गर्न आनाकानी गरेको भन्दै स्थानीयले बिटमाथि आक्रमण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्
Loading...