दल तीनतिर फर्कनु हुन्न - विजय गच्छदार

- विराटनगर, २९ मंसिर ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले तीन दल तीनतिर फर्कनुभन्दा एक भएर निर्वाचनमा जानुपर्ने बताएका छन ।
बुधबार बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रतिपक्षलाई साथमा लिएर सरकार निर्वाचनमा जाने हो भने समस्याको समाधान हुन सक्ने बताएका हुन।
तीन दल आ-आफ्नै अडानमा रहने हो भने समस्याको निकास ननिस्कने अनि सरकार संविधान संशोधन प्रस्ताव पारित गराउँनै पर्छ भन्ने र प्रतिपक्ष पारित गराउनै दिन्नौँ भन्नुले समस्याको समाधान नहुने बताए ।
उनले संविधानको सफल कार्यान्वयन र तीनवटै निर्वाचन गराउनको लागि तीन दल एकै ठाउँमा उभिनु पर्ने तर्क गरे। ‘संविधान संशोधन एक पटक मात्र हुने कुरा हैन यो पटक पटक संशोधन हुन सक्ने भएकोले आन्दोलनरत मधेसवादी दलहरु पनि चुनावमा जान सक्ने अवस्था रहेकोले सबैलाई समेटेर निर्वाचनमा जानुपर्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस्
Loading...