पोर्चुगाली प्रधानमन्त्री भारत भ्रमण अाउदै

- नयाँ दिल्ली, ६ पुस ।
पोर्चुगाली प्रधानमन्त्री एन्टोनीयो कोस्टाले आगामी जनवरीमा भारतको भ्रमण गर्ने भएका छन ।
उनको भ्रंमण द्विपक्षीय सम्बन्ध बढाउने हेतुले हुन लागेको भारत विदेश मामिला मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले आगामी जनवरी ६ बाट १२ सम्म भारतको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
उनी आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सो भ्रमणमा आउन लाग्नु भएको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
सो भ्रमणको क्रममा कैयौ सम्झाैतामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसबाट दुई देशबीचको सम्बन्ध अझ अघि बढ्नेसमेत अनुमान गरिएको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री कोस्टा लिस्बोनमा जन्मिनुभएको र उहाँ भारतीय मूलको नै हुनुहन्छ ।
उनका बाबु आर्लान्डो दा कोस्टा पश्चिम भारतीय राज्य गोवाबाट पोर्चगल पुगेका थिए । गोवा पहिले पोर्चगाली कोलोनी थियो ।
प्रतिकृया दिनुहोस्
Loading...