इन्फ्लुएन्जा ‘बी’ संक्रमण देखिन थाल्यो,स्वाथ्य जाँच गर्न डाक्टरको सुझाव


  • काठमाडौं,५ पुस ।

जाडो सुरु भएसँगै इन्फ्लुएन्जा ‘बी’ अर्थात मौसमी फ्लुको संक्रमण देखिन थालेको छ । इन्फ्लुएन्जा ‘बी’ पोहोर पनि प्रकोपको रुपमा देखा परेको थियो ।

जाडो सुरु भएसँगै देखिने मौसमी फ्लु मध्य र अन्त्यतिर पुगेपछि प्रकोपका रुपमा फैलने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । फ्लुका कारण अहिले अस्पतालमा घाँटी दुख्ने, एक सय डिग्रीभन्दा माथि ज्वरो आउने र पखाला लाग्ने समस्या भएका विरामी पुग्न थालेका उनले जानकारी दिए ।

ब्याक्टेरियका विभिन्न प्रजातिबाट इन्फ्लुएन्जा ‘बी’को संक्रमण फैलिने गर्छ । यसका भाइरस खुला हावामा सात घन्टादेखि दुई दिनसम्म पनि रहन सक्छ । अझ ओसिलो क्षेत्रमा यो भाइरस धेरै समय रहन सक्ने डा. पुनले बताए ।
इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ को लक्षण उस्तै उस्तै हुन्छ । तर ‘बी’ भन्दा ‘ए’ लाई कडा मानिने डाक्टरहरुले बताएका छन् । यो भाइरस संक्रमितमा लक्षण देखिनुभन्दा एक दिनअघि नै अरूमा सर्ने सम्भावना हुने पनि डाक्टरले बताएका छन् ।

इन्फ्लुएन्जा ‘ए’ अन्तर्गत स्वाइन फ्लु, हङकङ फ्लु, बर्ड फ्लु जस्ता रोग पर्दछन् । घाँटी दुखे, सास फेर्न गारो भए अनि ज्वरो आए तत्काल स्वाथ्य जाँच गर्न डाक्टरको सुझाव छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...