हराएको १२ दिनपछि मृत भेटिइन् हरिकला

- पर्वत, ३ पुस ।
हराएको १२ दिनपछि हरिकला पाध्या मृत भेटिएकी छिन् । पर्वतको कुश्मा नगरपालिका दुर्लुङ्माकी ७७ वर्षे हरिकला पाध्या शनिबार दिउँसो मृत भेटिएकी हुन् ।
पाध्या हराएपछि उनका आफन्तले खोजी गर्न भन्दै प्रहरीमा उजुरी हालेका थिए । उनी हराएको १२ दिनपछि कुश्मा नगरपालिका खुर्कोटस्थित काउले खोल्सा भेटिएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पाध्याको अनुहार र आँखामा गम्भीर चोट लागेकाले उनको लडेर ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
Loading...