तातोपानी नाका चाँडै खुलाउने चीनको प्रतिवद्धता


  • काठमाडौं, ५ पुस ।

चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले तातोपानी नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको वताएपछि लिउले नेपाल चीनको सम्बन्धको

प्रतिकको रुपमा रहेको नाका खुलाउन आफूहरु गम्भीर रहको वताएका थिए । नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...