काँग्रेस नेता निधिले कार्यकर्तालाई भने - एमालेको पछि नलाग्नुहाेस् !


  • काठमाडाैं, ६ पुस ।

गृहमन्त्री एवम् कांग्रेस नेता बिमलेन्द्र निधिले संविधान संशोधनको विरोधमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले नेकपा एमालेको उक्साहटमा नलाग्न र पार्टी निर्णयको पक्षमा वातावरण बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

गुल्मीको भाडगाउँमा बुधबार आयोजित एक कार्यक्रममा नेता निधिले एमाले संघीयता बिरोधी पार्टी भएको आरोप लगाउँदै भने, ‘झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरुबाट सतर्क रहनुस् । पार्टीको निर्णयविपरित नलाग्नुस् ।’

निधिले सरकारले ल्याएको सीमांकन हेरफेरको प्रस्ताव गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही लगायत जिल्लाबासीहरुकै हितमा रहेको दाबी गरेका छन् ।

नेकपा एमालेले अनावश्यक आन्दोलन चर्काएको र संसदलाई समेत चल्न नदिएर संसदीय प्रणालीलाई अवरोध गरेको भन्दै उनले यसो गर्नु राष्ट्रियहित विपरित हुने टिप्पणी गरे । नेता निधिले एमालेलाई तुरुन्त संसद चल्न दिई मन नपरेका बिषयमा छलफल गरी निकास खोज्न सुझाए ।

संविधानले गणतन्त्र, संघीयता, समाबेसी, धर्मनिरपेक्षतालगायतका उपलब्धी संस्थागत गरेकाले त्यसको संरक्षण गर्न सबै पार्टी लाग्नुपर्ने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...