सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त

सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि सोमबार मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत सरुण प्रधान र रमेश कार्की १३ मंसिरमा अपहरणमा परेका थिए ।
जेनेभास्थित उच्चायोगका प्रवक्ता एडविन एड्वार्डस्ले दुवैजना अपहरणमुक्त भएको जानकारी दिएका छन् ।
पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट दुई नेपाली र स्थानीय मुसा ओर मोहम्मद मुख्य मस्जिदनजिकैबाट अपहरणमा परेका थिए । उनीहरूलाई अपहरण गर्ने समूहको पहिचान खुल्न सकेको छैन ।
उनीहरूलाई अपहरणमुक्त गर्न राष्ट्रसंघले निरन्तर विद्रोही समूहसँग विभिन्न च्यानलमार्फत प्रयास गर्दै आएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नेपाली नागरिकसहितको अपहरण पहिलो नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ यता डार्फर क्षेत्रमा मात्रै कम्तीमा तीन लाख मानिस मारिएका तथा २५ लाख विस्थापित भएका छन् ।
प्रवक्ता एड्वार्डस्का अनुसार सुडान सरकारले समेत उनीहरूको मुक्तिका लागि पहल गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...