हुम्ला पुगेर प्रचण्डले भने - कर्णालीका दुःखका दिन अन्त्य गर्छु


  • काठमाडौं,५ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका दुःखका दिन अन्त्य गर्ने बताएका छन् ।

हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने बताए ।

उनले हुम्लामा जलविद्युत, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता जनाए ।

सिमीकोटको जनसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहालले हुम्लाको हिल्सामा रहेको हिल्सा पुलको उद्घाटन गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...