पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं, ५ पुस ।
भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् ।
इन्जिनियरहरुले मंगलबार शहरी विकास मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । पुनर्निर्माणका लागि १४ जिल्लामा २५ सय भन्दा बढी इन्जिनियर, सब इन्जिनियर र ओभससियर खटिएका छन् । तर, कतिले राजीनामा दिए भन्ने यकीन छैन ।
मन्त्रालयका एक अधिकारीले भने, ‘अबेर साढे ४ बजे राजीनामा दर्ता भएको छ । संख्या हेर्न बाँकी छ ।’
सरकारले प्रतिवद्धता अनुसार सुविधा नबढाएको भन्दै इन्जिनियरहरुले दुई सातादेखि काम ठप्प पार्दै आएका थिए ।
दुर्गम भत्ता दिनु पर्ने, सुरक्षा प्रत्याभूति हुनु पर्नेदेखि कामका सिलसिलामा देखिएका समस्याको सुनुवाई गर्न सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस्
Loading...