देबि देबता भाकेर पूर्ण सरसफाई नगर वडा घोषणा

  • दिनेश न्यौपाने
  • ४ पौष अछाम ।

अछामको कमल बजार नगरपालीकाको वडा नं. १० साबिकको चाल्सा गाबिस.लाई सोमबार एक कार्यक्रमका बिच अछाम जिल्लाकै पहिलो नगर वडाका रुपमा पूर्ण सरसफाई वडा घोषणा गरीएको छ ।

३ हजार ३ सय ८७ कुल जनसंख्या रहेको उक्त नगर वडा नगर स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कमलबजारको आयोजना र जिल्ला स्तरीय खानेपानि तथा स्वाच्छता समन्वय समिति अछामको समन्वयमा नगर वडा घोषणा भएको हो । 

वडाका सम्पुर्ण बासिन्दाहरुका घर घरमा शुद्ध पानी, र गाउ स्वच्छ र सफा भए पछि साबिकको चाल्सा गाबिस.लाई पूर्ण सरसफाई वडा घोषणा गरीएको छ । कार्यक्रमको दिप प्रज्वलन गरि अछाम क्षेत्र न. २ का माननिय सांशद भरत साउदले उद्घाटन गरे यस्तै साउदले नगर वडा घोषण गरे । 

कार्यक्रममा उपस्थित चाल्सा बासिले आफ्ना आस्थावान देबि देबतालाई भाकेर अब देखि गाबिसमा कुनै किसिमको फोहोर नगर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रमका अधिकांश बक्ताहरुले घोषणमा मात्रै यस्लाइ सिमित नपारी सबै गाउ बासिले सरसफाइमा ध्यान दिन आग्रह गरेका थिए । कमलबजार नगरपालीकाका कार्यकारी अधिकृत तुलसी कमार नेपालको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नं. २ का माननीय सांशद भरत साउँद प्रमुख अतिथी रहेका थिए । 

बिशिष्ट अथितिमा अछामका स्थानिय बिकास अधिकारी तोयनारायण सुवेदी र नेपाली काग्रेस अछामका महासमिती सदस्य देवराज देवकोटा रहेका थिए ।

पूर्ण सरसफाई वडा घोषणा कार्यक्रममा कलाकार महेन्द्र बिकले सरसफाइ समन्धि देउडा गित प्रश्तुतका थिए । त्यस्तै कार्यक्रममा अछामी माग्ने बुढा (जनक साउद) अछामी रेखा थापा (भिम बिष्ट) लगाएतका कालाकारले समेत बिभिन्न सरसफाई समन्धि जनचेतना मुलक नाट गित प्रश्तुत गरेका थिए । 

कार्यक्रमका सम्पूर्ण राजनितीक दलका प्रतिनिधी, सरकारी गैर सरकारी कार्यालयका प्रतिनीधी,समाजसेवी बुद्धिजीबी ,दलित,महिला,बाल क्लब,यूवा क्लब लगायतको सहभागीता रहेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...