लोकमानमाथि आजदेखि सातवटा मुद्दामा एकसाथ सुनुवाई हुदै

- काठमाडौं, ७ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाई सुरु हुँदैछ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेका चारवटासहित साटवटा रिटमाथि एकैसाथ सुनुवाई हुन लागेको हो ।
अधिवक्ता अर्यालले लोकमानको नियुुक्तिका लागि आवश्यक योग्यता नपुगेकोले नियुक्ति नै गर्न नहुने, नियुक्ति बदर गर्नुपर्ने, निलम्बनमा परिसकेपछि उनका सेवा सुविधा खोसिनुपर्ने, सर्वोच्चको म्याद तामेलीमा अवरोध गरेकाले १५ दिन जेल राखिपाउँ भन्ने पाँचवटा रिट दायर गरेका थिए ।
त्यस्तै म्याद तामेलीमा अवरोध गरेका बारे सर्वोच्च प्रशासनले वडा कार्यालयका कर्मचारीलाई कारबाही गर्नुपर्ने विषयमा दायर गरेको अर्को रिट तथा लोकमानसिंह कार्की र पूर्वसचिव प्रमोद कार्कीले वारेस राख्ने अनुमति पाउँ भन्ने गरी सातवटा रिटमा एकसाथ सुनुवाई हुन लागेको हो । अधिवक्ता अर्यालले दायर गरेको रिटमा सर्वोच्चले वारेस राख्ने अनुमति नदिएकाले हरेक तारिखमा लोकमान आफै सर्वोच्च अदालतमा पुग्नुपर्नेछ ।
मंसिर १६ गते नै पेशी तोकिएको भएपनि कार्कीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले बिरामी भएको भन्दै पेशी सार्न निवेदन दिएपछि बिहीबारदेखि सुनुवाई हुन लागेको हो । न्यायाधीसहरु आनन्दमोहन भट्टराई, जगदिश शर्मा पौडेल र इश्वर खतिवडाको इजलासले अर्कोपटक पेशी सार्न नमिल्नेगरि बिहीबारदेखि सुनुवाई सुरु गर्ने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...