सभामुख घर्ती र मङ्गोलियाका विदेशमन्त्रीबीच भेट


  • काठमाडौँ, ४ पुस । 

सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज सिंहदरबारमा भेटघाट भएको छ । 

नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाडौँ आएका थिए । यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो ।

सो अवसरमा उनिहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो । सभामुख घर्तीले भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या समाधान गर्न दुई देश मिलेर अगाडि बढ्नुपर्ने विचार राखेकाे सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसित विदेशमन्त्री अर्जिलले आजै छुट्टाछुट्टै भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

यसैबिच परराष्ट्रमन्त्री डा महतले नेपालको तीनदिने औपचारिक भ्रमणमाव रहनुभएका विदेशमन्त्री अर्जिलको सम्मानमा आज दिवाभोजको आयोजना गरेका छन।

सो अवसरमा उच्च सरकारी अधिकृत तथा भ्रमण दलमा संलग्न सदस्यहरुको सहभागिता रहेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...