पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिदै सरकार


  • काठमाडौं, ६ पुस ।

सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिने गृहकार्य सुरु भएको छ ।

नेपाल आयल निगमले अहिले भण्डारण गर्दै आएको इन्धन एक सातालाई पनि धान्न गाह्रो छ । भारतले नाकाबन्दी गरेको बेला इन्धनको हाहाकार भएपछि सरकारले बजेट भाषणमा नै ९० दिनलाई पुग्ने इन्धन भण्डारण गर्ने घोषणा गरेको थियो ।

नेपाल आयल निगमले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा भण्डारण केन्द्र बनाउने योजना अघि सारेको छ ।

लगानीका लागि निजी क्षेत्र तयार भइसकेको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

उनका अनुसार सरकारले जग्गा खोजेर निजी क्षेत्रलाई विभिन्न ठाउँमा भण्डारण केन्द्र बनाउन दिनेछ । यसरी बन्ने भण्डारण केन्द्रमा निश्चित वर्षसम्म पेट्रोलियम भण्डारण गर्ने र त्यसबापत आयल निगमले भाडा तिर्ने ग्यारेन्टी गर्नेछ ।

र, सम्झौताअनुसार तोकिएको निश्चित समय पूरा भएपछि भण्डारण केन्द्र स्वत: आयल निगमको स्वामित्वमा आउनेछ । सबै प्राविधिक तयारी नसकिएकाले कति वर्षका लागि यस्तो सम्झौता हुन्छ भन्नेबारे निगमले बताएको छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...