पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध अखिल क्रान्तिकारीद्वारा चक्काजाम


  • काठमाडौं , ६ पुस ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध अखिल (क्रान्तिकारी) ले बुधबार विहान एक घण्टा चक्काजामसहित प्रदर्शन गरेकाे छ ।

बिहान ९ देखि १० बजेसम्म अमृत साइन्स क्याम्पस र सरस्वती क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेकाे अखिल क्रान्तिकारीका उपत्यका विशेष समन्वय समितिका संयाेजक लाेकेश विश्वकर्माले इमान्दार मिडियालाई जानकारी दिए ।

उपभोक्ताको ढाड सक्नेगरि गरिएको मुल्यबृद्धि फिर्ता नभएसम्म आफुहरुको आन्दोलन जारी रहने उनले बताए ।

नेपाल आयल निगमले सोमबारदेखी लागु हुनुे गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
पेट्रोल, डिजेल र मट्टितेलमा सोमबारदेखी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ ।

ग्यासको मूल्य भने बढेको छैन । पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध बिहीबार नेकपा (माओवादी) ले उपत्यका बन्दकाे समेत आव्हान गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...