मिर्चैयामा मध्यरातमा बम विस्फोट, गोइतले लिए जिम्मा
- मिथिलेश यादव, लहान २३ मङ्सिर।
सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएका छन्।
बिहान १ बजेर ४० मिनेट जादा पेट्रोल पम्प अगाडि बम बिस्फोट गराइएको एसपी कोइरालाले बताए। घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।
सो विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले लिएका छन्। दुई साता अगाडि जिल्ला प्रसाशन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखिएको थियो । यसको जिम्मेवारी पनि गोइतले लिएका थिए।
प्रतिकृया दिनुहोस्
Loading...