दलाल पुजिपती वर्गले बनाएको सविधानले जनतालाई अधिकार दिदैन: वास्तोला

- पोखरा ४ पुस ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) का स्थायी सदस्य धर्बेन्द्र बास्तोलाले एकाधिकार दलाल पुजीपति बर्गले बनाएको संविधानले जनतालाई अधिकार नदिने बताएका छन् ।
कास्कीको सार्दीखोलाको प्रथम सम्मेलनको उद्दघाटन गर्दै स्थायी समिती सदस्य धमेन्द्र बास्तोलाले अहिलेको सविधानले नेपाली जनताको अधिकार नदिने बताएका हुन्।
शिक्षा,स्वास्थ जनताले निशुल्क पाउनु पर्ने हो तर एकाधिकार दलाल पुजिपती वर्गले बनाएको यो संविधानले जनतालाइ त्यस प्रकारको अधिकार दिन नसक्ने बास्तोलाको भनाइ थियो।
यो संविधान बिदेशी विस्तारवादी र सामाज्यवादीहरुको दवाबमा नेपालमा रहेका एकाधिकार दलाल पुजिपती बर्गले बनाएको बताउदै बास्तोलाले सरकारले रातको १२ बजे पेट्रोलियम पर्दाथ एक्कासी प्रती लिटर ४ रुपैया मूल्य बढाएर आफ्नो सक्कली परिचय दिएको बताए।
जनताको खाध सम्प्रभुता, निशुल्क शिक्षा, निशुल्क स्वास्थ्यको अधिकार प्राप्तिका लागी आफ्नो पार्टीले एकीकृत जनक्रान्ती मार्फत जनताको अधिकार सम्पन्न मुलुक बनाउनको निम्ती आन्दोलन अगाडी बढाइरहेको बताए ।
सार्दीखोलाका अग्रज कम्युनिस्ट नेता युवराज वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा गण्ड्क व्युरो प्रमुख सावित्रा दुरा 'आस्था' पश्चिम कमाण्ड प्रमुख लोकेन्द्र बिक 'सुजन' लागाएतले सम्बोधन गरेका थिय।
कार्यक्रममा चुनु सिल्पा जन सास्कृतिक परिवार गण्डकका कलाकारहरुले सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिय।
प्रतिकृया दिनुहोस्
Loading...