दाइजो लिएको रकम सम्धीलाई फिर्ता


  • काठमाडौं, ६ पुस ।

छोराको बिबाह गर्दा लिएको रकम केटापक्षले छोरीको बाबुलाई फिर्ता गरेका छन् । रौतहट कटहहरियाका सद्दाम मन्सुर र सखुवा धमौराकी हास्मुन खातुनको बिबाहमा लाइजोस्वरुप केटीपक्षले दिएको रकम केटापक्षले फिर्ता गरेका हुन् ।

एक वर्षअघि छोराको बिहे गर्न कुरो छिन्दा कटहरियाका इम्रानले छोरीका बाबुसँग लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका हुन् । रौतहटको सखुवा धमौरास्थित मुस्लिम टोलमा तीन छोराछोरीको बिबाहको कुरा छिन्दा लेनदेन गरेको दाइजो रकम फिर्ता हुन थालेको छ ।

उक्त टोलमा यसअघि पििन भाखारी मन्सुरीकी छोरीको बिबाह गर्न कुरो छिन्दा दिएको एक लाख ५० हजार रुपैयाँ दाइजो केटापक्षले फिर्ता गरेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...