रियल मड्रिडमाथिको प्रतिबन्ध घट्यो


  • एजेन्सी, ६ पुस ।

स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुवन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

तर क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको हो । रियल मड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो ।

रियल मड्रिडले आउँदो नजवरीमा नयाँ खेलाडी अनुवन्ध गर्न पाउने छैन । तर समर विन्डोमा भने रियलमाथिको प्रतिबन्ध हटिसक्नेछ ।

यस्तै क्लबले तिर्नु पर्ने जरिवाना रकम पनि दुई लाख ८२ हजार पाउण्डबाट एक लाख ८८ हजार पाउण्डमा घटेको छ । १८ वर्ष भन्दा कम उमेरका अन्तर्राष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल मड्रिड तथा एथ्लेटिको मड्रिडमाथि प्रतिबन्ध लागेको हो ।

क्यासले रियल मड्रिडको अपिलको सुनुवाइ गरेपनि एथ्लेटिको मड्रिडको अपिलका बारेमा केही जानकारी आएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...