सूचना टाँस गरि संसद बैठक चार दिनका लागी स्थगित


  • काठमाडौं, ७ पुस ।

संसद बैठक लम्ब्याएर विपक्षी सांसदलाई थकाउन सत्ता पक्षबाट दबाब खेपिरहेकी सभामुख ओनसरी घर्तीमगरले बिहीबार निर्धारित संसद बैठक चार दिन पछाडि धकेलेर स्थगन गरेकी छन् ।

प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुखले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ ।

संसदको बिहीबारको बैठक सूचना टाँसेर पुस १० गते एक बजेसम्मका लागि स्थगन गरिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...