रेड कार्डबाट जोगिएका बार्क्लीले मागे माफी

- काठमाडाैं, ५ पुस ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको लिभरपुलसँगको खेलमा रेड कार्डबाट जोगिएका एभर्टनका रोस बार्क्लीले माफी मागेको जोर्डन हेन्डरसनले बताएका छन् ।
खेलको ६७ औं मिनेटमा बार्क्लीले हेन्डरसनसँगको ट्यकलको क्रममा फल गरेका थिए । रेफ्रीले बार्क्लीलाई त्यसका लागि पहेँलो कार्ड मात्रै देखाएका थिए । तर लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प र एभर्टनका प्रशिक्षक रोनाल्ड कोएम्यानले बार्क्ली भाग्यवस रेड कार्डबाट जोगिएको बताएका छन् । हेन्डरसनले भने बार्क्लीले आफूसँग माफी मागेको बताएका छन् ।
उनले भने ‘यो केही ढिलो त भयो, तर उसले माफी मागेको थियो । उ निकै राम्रो खेलाडी हो ।’ यो खेलमा साडियो मानेले इन्जुरी समयमा गरेको गोलका कारण लिभरपुल १–० ले विजयी भयो । हेन्डरसनले भने ‘मलाई केही भएको छैन ।
यो गल्तिबस भएको हो । उसले त्यसपछि माफी मागेको थियो ।’ एभर्टनका पूर्व मिडफिल्डर केविन किल्बानेले भने ‘बार्क्ली दुई कारणले भाग्यमानी रहे । पहिलो उनले रेड कार्ड पाएनन्, दोस्रो हेन्डरसन घाइते भएनन् ।’ बार्क्ली र हेन्डरसन इंग्ल्याण्ड टिमका खेलाडी हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...