'दुई दिनभित्र प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छौ' : एमाले अखिल सचिव आरसी


काठमाडौँ १९ मंसिर । 

मंसिर– एमाले सम्वद्ध अखिलका सचिव आरसी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टाउको काटेर फुटबल खेल्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

अनेरास्ववियुले राजधानीमा शनिबार गरेको कार्यक्रममा लामिछानेले उक्त अभिव्यक्ति दिएका हुन् । 

लामिछानेले दुई दिनभित्र संविधान संशोधन प्रस्ताव फिर्ता नलिए प्रचण्डको टाउको काट्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका युवा सामाजिक सञ्जालमा खनिएका छन् । संशोधन प्रस्ताव बुटवलबाट जनसागरले खारेज गरिहेको भन्दै उनले जनताको अलिकति पनि माया भए प्रस्ताव फिर्ता लिएर माफी माग्न भने ।

‘प्रचण्ड यदि तिमिमा अलिकति मात्रै नेपाली जनताप्रति माया छ भने त्यो प्रस्तावलाई अबिलम्ब फिर्ता लिएर नेपाली जनताको बीचमा आऊ माफ माग, मितिलाई क्षमा दिनेछन् । नत्र जसरी ज्ञानेन्द्रले ऐया भन्न पाएनन ।

अबको दुई दिनभित्र प्रस्ताव फिर्ता लिएनौ भने तिम्रो टाउको नेपाली जनताले सडकमा फुटबल खेल्नेछन् ।’

, , ,

प्रतिकृया दिनुहोस्

Loading...