क्यान्सर मुक्त भइन कांग्रेस नेतृ सुजाता


  • काठमाडाैं, ३ पुस ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सर मुक्त भएकी छिन्। स्तन क्यान्सरबाट पीडित नेतृ कोइरालाले सामाजिक सञ्जाल मार्फत आफू रोगबाट मुक्त भएको बताएकी छिन्।

उनको सिंगापुरमा उपचार भएको थियो। पहिलो स्टेजकै क्यान्सरबाट पीडित उनको किमोथेपारी गरिएको थियो। उपचार पश्चात उनी मण्डिखाटारस्थित आफ्नै निवासमा आराम गरिरहेकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्ना शुभ चिन्तकहरुलाई सद्भाव र सुभेच्छाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको सद्भाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ। यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु।’ उनले आफू चाँडै सार्वजनिक जीवनमा फर्किने समेत बताएकी छिन्।

आफ्नो उपचारका लागि उनले सरकारसँग १ करोड रुपैयाँ माग गरेकी थिइन्। पछि उनलाई सरकारले ५० लाख मात्र दिने निर्णय गरेको थियो। सो निर्णयसँगै सरकारको तिव्र आलोचना समेत भएको थियो।

, ,

प्रतिकृया दिनुहोस्

Loading...