यु–१९ क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली आज फर्किंदै

- काठमाडौं, ५ पुस ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली मंगलबार फर्किंदै छ । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुका साढे ८ बजे काठमाडौं आइपुग्ने छ ।
समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो । मलेसियालाई एक विकेटले हराएको नेपाली टोली भारतसँग ६ विकेट तथा श्रीलंकासँग एक रनले हारेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...