५० वर्ष पुग्यो नेपाल आइएलओ सहकार्य

काठमाडौँ, २९ मंसिर ।



  • काठमाडौं, २९ मंसिर ।

नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)बीच सहकार्य भएको ५० वर्ष पुगेका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आइएलओले अघि सारेको सम्मानजनक कामको नीतिप्रति नेपालले प्रतिबद्धता जनाइसकेको तथा त्यसको पालनासमेत गरिरहेको बताए । 

श्रम र रोजगारका क्षेत्रमा आइएलओसँग सहकार्य गर्दै अघि बढ्न नेपाल तयार रहेको प्रधानमन्त्री दाहालले बताए । उनले बढ्दो वैदेशिक रोजगारीको अवस्थाअनुरुप आप्रवासको अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू गर्न आवश्यक रहेकामा पनि जोड दिए ।

आइएलओका महानिर्देशक गाय राइडरले नेपालको नयाँ संविधान मजदुरमैत्री रहेको आफूले पाएको बताउँदै मानवअधिकार, रोजगारीको अधिकार, मर्यादित श्रमको अधिकार, सौदाबाजीको अधिकारजस्ता मजदुरमैत्री प्रावधान त्यसमा रहेको बताए ।

मानवअधिकारसम्बन्धी आइएलओको आठ अभिसन्धिमध्ये सातमा नेपालले हस्ताक्षर गरिसकेको जानकारी दिँदै उहाँले त्यसले कामदारको अधिकारको संरक्षणका लागि सहयोग पुगेको बताए ।

कार्यक्रममा सरकार, श्रमिक र रोजगारदाताका प्रतिनिधिले आ–आफ्नातर्फबाट आगामी दिनमा समेत आइएलओसँगको सहकार्य जारी राख्ने विषयको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाललाई सहयोग बढ्छ – महानिर्देशक राइडर

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आइएलओका महानिर्देशक राइडरले आवश्यकताअनुसार नेपाललाई दिइँदै आएको सहयोग बढाउने बताए ।

सहयोग बढाउनेबारे सोधिएको प्रश्नमा उनले भने, “यो वर्ष १७ मिलियन डलर (करिब रु एक अर्ब १७ करोड) बजेट नेपालका लागि छुट्याएका छौँ, आवश्यकताअनुसार यसलाई बढाउँदै लैजानेछौँ ।” वैदेशिक रोजगारीमा जाने कामदारको क्षेत्रमा नेपाललाई थप सहयोग गर्न आफूले पहल गर्ने पनि उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...