एसियन सेन्ट्रल जोन सिनियर भलिबलमा नेपाल आज माल्दिभ्ससँग खेल्दै

- काठमाडौं, पुस ।
एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ ।
बंगलादेशमा भएको प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालले बंगलादेश, अफगानिस्तान र काजकिस्तानसँग पनि खेल्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् । सेन्ट्रल जोनमा रहेका १२ मध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा सहभागी छैनन् ।
प्रतिकृया दिनुहोस्
Loading...