छोरीहरुबीचको सम्पत्ति विवादले तीन दिनपछि दाहसंस्कार


  • काठमाडौं, ५ पुस । 

छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ ।

शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसँस्कार भएको हो । सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै बिबाहीत

छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए । तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए ।

सहनीका दाजुभाइपटि्टका छोराहरुले पनि दाहसंस्कार खर्चबापत सम्पत्ति नपाएसम्म शबमा दागमत्ती नदिने अडान लिएका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...