प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालार्इ


  • काठमाडाैं, पुस ५ गते । 

काठमाडौं/आज एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्ताक्षरण गरेकी छिन । 

मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका पत्रकार न्यौपानेको गत कार्तिक २० गते र बोहराको मंसिर १० गते निधन भएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो ब्यावसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गर्दै शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे।

राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखिन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको र त्यसमा पनि कठोर जीवन विताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनुपर्दा दुःख प्रकट गर्दै दिवंगत पत्रकारको योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गरे । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसैबर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उनीहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताए । 

शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै असल पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा राख्दै अध्यक्ष कार्कीले आर्थिक सहयोग र पहलका लागि सानिमा बैंकलाई धन्यबाद दिए। 

राम्रा काम गर्नेहरु मरणपछि पनि अमर र स्मरणीय रहने उनको धारणा थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको बताए । यसप्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गरे ।

रिपोर्ट महेन्द्रराज सिंह ।

,

प्रतिकृया दिनुहोस्

Loading...