विप्लवले त्रिवीमा मसाल बाल्दै भने - दलाल पूंजीवादी व्यवस्था नै शैक्षिक संकटको मुख्य कारण हो ।


  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौं, २७ मंसिर।

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले शिक्षा क्षेत्रमा भइरहेकाे दलालीकरण र माफियाकरणलाई जरैदेखि नउखेलेसम्म जनताका छाेराछाेरीकाे पहुँचमा शिक्षा नपुग्ने बताएका छन् ।

पार्टी निकट अखिल (क्रान्तिकारी)काे ‘विश्वविद्यालय अभियान २०७३’ को उद्घाटन गर्दै उनले दलाल पूंजीवादी व्यबस्था नै शैक्षिक संकटको मुख्य कारण रहेको उल्लेख गरे ।

त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा संगठन निर्माण ,सुदृढीकरण, संघर्ष र बिद्यार्थीलाइ सेवा प्रदान गर्ने उदेश्यका साथ सुरु भएको उक्त अभियानको पार्टी महासचिव विप्लवले मशाल बाल्दै उद्घाटन गरेका थिए । 

उक्त मसाल र झण्डा विद्यार्थी नेताहरुलाई हस्तान्तरण गर्दै उनले शिक्षा क्षेत्रभित्र मौलाएको विसंगति र विकृतिका बिरुद्ध सशक्त रुपमा लड्न समेत निर्देशन दिए।


'स्ववियुमा अखिल (क्रान्तिकारी) ले बिजय हासिल गरे मात्र आम बिद्यार्थीको सेवा हुन्छ ।' विप्लवले भने - 'बैचारिक रुपमा मृत्यु भएपछि सुनको बाकसमा लास राख्नुको अर्थ छैन, हाम्रा सबै क्षमताहरुले राष्ट्रको हित र जनताको सेवा गर्नु पर्दछ । अन्यथा लुटपाटको रक्षा कवच मात्र बन्ने छ ।'


‘हाम्रो विश्वविद्यालय,राम्रो विश्वविद्यालय’ नारासहित सुरु गरेको ‘विश्वविद्यालय अभियान’ फाल्गुन १५ गते सम्म संचालन हुने अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले इमान्दार मिडियालाई जानकारी दिएका छन् । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...