देउवालेभने- आश्चर्य नमान्नुहोस् ओली पुर्लुक्कै पल्टिने मान्छे हुन् !


  • काठमाडौं, २४ मंसिर । 

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरे आश्चर्य नहुने बताएका छन् । साथै उनले एमाले अध्यक्ष केपी ओलीमाथि विभाजनको विऊ रोपेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधनको पक्षमा उभिन एमालेलाई पार्टीभित्रैबाट दबाव परिसकेको दाबी गरे । संशोधन पारित हुने दाबी गर्दै उनलेे भने, एमालेले भोट हाल्यो भने आश्चर्य हुनेछैन । ओली पुर्लुक्कै पल्टिने मान्छे हुन् नि ।’

देउवाले ओलीबारे यस्तो टिप्पणी गर्दा कार्यक्रममा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो ।

उनले संविधान संशोधन प्रस्तावको विरोधलाई नचाहिने काम भनेका छन् र, ओली र एमालेमाथि जनतालाई विभाजित गर्ने काम गरेको आरोप लगाए । कांग्रेस सभापति देउवाले भने, मधेसी जनतालाई अविश्वास गरेर देश चल्छ ? मधेसी जनता राष्ट्रभक्त होइनन् ?

उनले ओली र कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले हस्ताक्षर गरेको सहमतिमकै आधारमा पाँच नम्बर प्रदेशको सीमा हेरफेरको प्रस्ताव ल्याइएको जिकीर गरे । पहाड र मधेसको कुरा गरेको भन्दै उनले अघि भने, नेपालमा विभाजनको विऊ रोप्ने ओली हुन् ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...