नयाा बानेश्वरस्थित तरबारी बजारमा डोजर चलेपछि


  • काठमाडौं, २५ मंसिर ।

सरकारले नयाा बानेश्वरस्थित तरबारी बजारमा डोजर लगाएर हटाएको छ । संसद भवनको पूर्वपट्टी रहेको तरकारी बजारमा शनिबार बिहानै सरकारले डोजर लगाएर खाली गरेपछि व्यवसायीहरुले बिरोध गरेका छन्।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रणमा लिएर डोजरले बजारका टहरा पसल भत्काएको थियो । पटक-पटक बजार खाली गर्न ताकेता गर्दा पनि व्यवसायीहरुले अटेर गरेपछि डोजरले टहरा भत्काएको अधिकारीहरुले बताएका छन् ।

त्यसक्रममा बिक्रीका लागि राखिएको लाखौंको तरकारी नष्ट भएको छ । जबरजस्ती डोजर लगाएर टहर भत्काएको बिरोधमा व्यवसायीहरुले मिनभवनस्थित सडकमा तरकारी फालेर बिरोध प्रर्दशन गरेको छन् ।

उनीहरुले नागरिक लगानी कोषले आफूहरुलाई बिकल्प नदिइ जबरजस्ती बजार खाली गरेको भन्दै नाराबाजीसमेत गरेका छन् । उपत्यका फलफुल तथा तरकारी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मणिराम फुायालले सरकारले उचित व्यवस्थापन नगरी लाखौंको तरकारी नष्ट गरेको भन्दै आपत्ति जनाए ।

नागरिक लगानीको कोषको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर तरकारी बजार सञ्चालन गरेपनि २०६८ सालमै म्याद सकिएको थियो । र, खाली गर्न अदालतले पनि आदेश दिइसकेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...