इस्तानबुलमा फुटबल रंगशाला बाहिर विस्फोट हुदाँ १५ जनाको मृत्यु

- काठमाडौं, २६ मंसिर ।
टर्कीको इस्तानबुलमा फुटबल रंगाशाल नजिक भएका दुई विस्फोटमा परि कम्तिमा २९ जनाको ज्यान गएको छ ।
प्रहरी अधिकारीलाई लक्षित गरी एउटा कार बम तथा एउटा आत्मघाती बम विस्फोट भएको टर्कीका अधिकारीले बताएका छन् ।
बम विस्फोटपछि गोली हानाहान भएको प्रत्येक्षदर्शीले बताएका छन् । बेसिक्टासको रंगशाला नजिक विस्फोट भएको हो । खेल हेरेर दर्शक रंगशालाबाट बाहिरिएको दुई घण्टापछि विस्फोट भएको हो । विस्फोटनमा परि १६६ जना घाइते भएका छन् ।
टर्कीका मूख्य शहरमा पछिल्लो समय आतंककारी आक्रमण बढ्दै गएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर टर्कीमा पछिल्लो समय कुर्दिस बिद्रोही र इस्लामिक स्टेट आइएसले आक्रमण गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...